News

अब न्यूजिल्याण्डमा लुट २

Wednesday, November 8, 2017 7:26 PM

अबको समयमा नेपाली फिल्मको बजार स्वदेशमा मात्र सिमित नरहेर विदेशमा पनि बढ्ने निश्चित छ । केहि समय अगाडी चलचित्रका सिडि बोकेर नेपालीहरु भएको स्थानमा पुगी प्रोजेक्टरबाट देखाईने गरिएका नेपाली फिल्म आजकल विदेशका हलहरुमा समेत देखिन थालेका छन् ।

विदेशीले नै नेपाली चलचित्र कम मात्रामा हेर्ने गरेतापनि विश्वका थुप्रै देशहरुमा बढेको नेपालीहरुको उपस्थितीले अहिले नेपाली फिल्म चलिरहेका पाईन्छन् । नेपालमा राम्रो चर्चा र गतिला फिल्म बनाउन सके विदेशमा राम्रै बजार रहेको छ । यसै क्रममा न्यूजिल्याण्डमा नेपाली फिल्म 'लुट २' लाग्ने भएको छ । नेपालमा व्यापक चर्चा र उत्साहपूर्ण व्यापार गरेको यो फिल्मलाई न्यूजिल्याण्डमा फिल्म देखाउने राज बिष्टले प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । यसअघि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेका बिष्टले न्यूजिल्याण्डमा नेपालीको संख्या वृद्दि भईरहेको अवस्थामा 'लुट २' दुई भन्दा बढि शहरमा प्रदर्शन गरिने बताएका छन् ।

04 Comments

Leave a comment

x

Sign In

Or via social

x

sign up